बिर्तामोड ।

वीरता जेसीजले जेसीज सप्ताह अन्तरगत आज ट्राफिक सचेतना कार्यक्रम गर्दै सचेतना मुलक बोर्ड र स्टिकर प्रदान गरेको छ ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, ट्राफिक प्रहरी निरीक्षक सन्तोष राई, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, अर्जुनधारा जेसीजका अध्यक्ष बेदनारायण गोदार थापा, देवी माविका अध्यक्ष आशिष वन, कनकाई क्याम्पसमा स्ववियु सभापति किरण गुरुङ, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, विर्तामोड उद्योग वाणिज्यका सदस्य विपिन बजगाई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा ट्राफिक नियमसंग सम्बन्धित चेतना मुलक बोर्डहरु प्रदान गर्नुका साथै र्दुघटना न्यूनिकरणका लागि सचेतना मुलक स्टिकरहरु समेत प्रदान गरिएको थियो । उक्त स्टिकरहरु विभिन्न सवारी साधनमा नगरप्रमुख महतारा प्रसाईसहितका अतिथीहरुले टाँस्दै सचेतना जगाउने काम समेत गरेका थिए । वीरता जेसीजको जेसीज सप्ताह अन्तरगत चौथो दिन पाँचौं कार्यक्रम गरिएको हो ।

कार्यक्रम संयोजक भुपेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रममा जनसम्पर्क अधिकारी अभिषेक गहतराजले जेसीज आस्था बाचन गरेका थिए । कार्यक्रममा मिसनभिजन खेलकुद संयोजक विवेक खड्काले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथीसहितका अतिथीहरुले वीरता जेसीजले समाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै र्दुघटना न्यूनिकरणका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए । सोही अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भर्खरै जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक सन्तोष राईलाई स्वागत समेत गरिएको थियो ।






























