मलद्वार भित्र लुकाइएको ब्राउनसुगरसहित दुई जना पक्राउ

0
41

झापा । झापामा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ भने फरार रहेका एक जना थुनुवालाई पुनः नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र वहादुर खड्काका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–५ नरसिंह बगान क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री भद्रपुर–६ तेलिभिट्टा निवासी २५ वर्षीय नारायण राजवंशीलाई शंका लागी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनले बाँया खुट्टामा लगाएको चपलभित्र प्लाष्टिकको पोका पारेर लुकाई ल्याएको ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ ग्राम ६१० मिलिग्राम फेला परेको छ ।

त्यसैगरी आज नै भद्रपुर नगरपालिका–५ बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा इलाम सुर्योदय नगरपालिका–१२ घर भई हाल बिर्तामोड–१० बस्ने ३३ वर्षीय अनिल प्रधानलाई नियन्त्रणमा लिइएको छ।

उनको शरीर चेकजाँच गर्दा मलद्वारभित्र प्लाष्टिकको पोका पारेर लुकाइराखेको ब्राउन सुगर २ ग्राम १०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

यसैबीच, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका लागू औषध मुद्दाका थुनुवा सञ्जिव लिम्बू पुनः पक्राउ परेका छन्।

कमल गाउँपालिका–५ बस्ने २६ वर्षीय लिम्बूलाई आज बिहान करिब ९ः३० बजे सोही क्षेत्रबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here