विजया एकादशी, कथा र व्रत विधान

0
3

हिन्दु पञ्चांगअनुसार यसवर्ष फाल्गुण १ गते शुक्रवार विजया एकादशी परेको छ । सनातन धर्ममा विजया एकादशीको ठूलो महत्व रहेको बताइन्छ । सबै एकादशीहरु उत्पत्तीका कथा, महत्व र व्रत विधिहरु बताइएको छ । ती विभिन्न एकादशीहरु मध्ये फाल्गुण कृष्णपक्ष एकादशी तिथिलाई विजया एकादशीका नामले चिनिन्छ ।

चारैतिरबाट विजय वा जीत हासिल गर्न सकिने शक्तिका रुवरुप विजया एकादशी नाम रहन गएको कुरा पुराणहरुमा उल्लेख छ । अतः विजया एकादशीको विधिपूर्वक व्रत गर्नाले सम्पूर्ण समस्या, संकट, शत्रु आदिमाथि विजय प्राप्त गर्न सकिन्छ । जीवनमा सफलता प्राप्त हुने तथा घरमा सुख समृद्धिको वास हुने विश्वास गरिन्छ । विजया एकादशीको विधिपूर्वक व्रत गर्नाले जीवनमा आउनेवाला बाधा र संकट दूर भएर जान्छन् । कार्यमा सफलता र मनोकामना पूर्तिको लागि पनि यो एकादशी फलदायी हुने कुरा बताइएको छ ।

विजया एकादशी महात्म्य कथा

देवर्षि नारद जगत् पिता ब्रम्हाजीसँग भन्नुहुन्छ, “महाराज हजुर मलाई फाल्गुणकृष्णपक्ष एकादशी तिथिको विधान बताउनुहोओस्।” ब्रम्हाजी भन्नुहुन्छ, “ हे नारद ! विजया एकादशीको व्रत नयाँ तथा पुराना सम्पूर्ण पापहरुलाई नाश गर्ने अति उत्तम एकादशी हो । यस एकादशीको विधान मैले आजसम्म कसैलाई बताएको छैन । यो एकादशीले समस्त मनुष्यको विजय प्रदान गर्दछ । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम जब वनवासमा हुनुहुन्थ्यो त्यसबेला दुष्ट रावणले सीता माताको हरण गर्यो । सीताहरणले अत्यन्त व्याकुल हुनुभएका श्रीराम सीताजीको खोजीमा निस्कनुभयो ।

श्रीराम भौँतारिँदै जब मरणसन्न जटायु भएठाउँ पुग्नुभयो, त्यहाँ जटायुले सीताजीको वृतांत सुनाउँदा सुनाउँदै जटायु स्वर्गलोक पुगे । अझ अघि बढ्दै जाँदा सुग्रीवसँग मित्रता भयो । हनुमानले लंका पुगेर सीताजीलाई पत्ताा लगाए। त्यहाँ उनले भगवान राम र सुग्रीवको मित्रताको प्रसंग पनि सुनाए र रामचन्द्रकहाँ फर्केर आएपछि सीताजीका बारेमा सबै वृतांत सुनाए ।
लंका प्रस्थानका लागि जब श्रीराम समुद्र किनारमा पुग्नुभयो, डरलाग्दा समुद्री जीव, गोही आदिले भरिभराउ उक्त अपार समुद्र कसरी पार गर्ने भनेर लक्षमणसँग सोध्नुभयो । लक्षमणले भन्नुभयो, हे पुरुषोत्तम, हजुर स्वयं आदिपुरुष हुनुहुन्छ, सबै कुरा थाह छ । यहाँबाट आधा योजन पर कुमारी द्धीपमा वकदालभ्य मुनी वस्नुहुन्छ । हजुर उहाँ गएर यसको उपाय सोध्नुहोओस् । लक्षमणको सल्लाह अनुसार श्रीराम मुनीकहाँ जानुभयो र प्रणाम गर्नुभयो ।

वकदालभ्यले श्रीरामलाई सोध्नुभयो, हे राम ! हजुर यहाँ कसरी र के कामले आउनुभयो? रामचन्द्रले बताउन लाग्नुभयो, हे मुनी राक्षसहरुलाई जित्नका लागि म आप्mना सेनासहित लंका जान भनि हिँडेको हुँ । अब हजुर कृपा गरी यो समुद्र पार गर्ने कोहि उपाय बताइदिनुहोस् । यसैकारण म यहाँ आएको हुँ । ”

वकदालभ्य मुनी भन्नुहुन्छ, हे राम ! फाल्गुण महिनाको कृष्णपक्षको एकादशीको व्रत गर्नाले निश्चय नै तपाईँको जीत हुनुका साथै समुद्र पनि पार गर्न सक्नुहुनेछ । दशमीका दिन सुन, चाँदी, तामा वा माटोको घडा बनाउनु, उक्त घडालाई वेदीमा पञ्चपल्लवसहित स्थापित गर्नु, त्यहाँ भगवान विष्णुको स्वर्णमूर्ति स्थापना गर्नु र एकादशीका दिन स्नानादी गरेर धूप, दीप, नैवेद्य, नरिवल आदिद्धारा भगवानको पूजा गर्नु ।

तत्पश्चात त्यहि घडाको साथमा बस्ने, भजन कीर्तन गर्ने गर्नु । रात्रीमा जाग्राम गर्नु । द्धाद्धशीका दिन नित्यकर्मद्धारा शुद्ध भएर उक्त घडा ब्रम्हाणलाई दान गरिदिनु । हे राम !यदि यो कार्य तपाईँ आप्mना सेनापतिहरुका साथमा गर्नुहुन्छ भने, तपाईँको विजय अवश्य हुनेछ ।

श्रीरामले ऋषिले बताएअनुसार विजया एकादशीको विधिपूर्वक व्रत पालन गर्नुभयो र यो व्रतको प्रभावले लंकामाथि विजय प्राप्त गर्नुभएको थियो ।
त्यसैले हे राजन! यदि कोहि मनुष्य यस व्रतको विधिपूर्वक पालना गर्दछ भने ऊ दुवै लोकमा अवश्य विजयी हुन्छ । ब्रम्हाजीले नारदसँग भन्नुभएको थियो कि, हे पुत्र! कोहि पनि मनुष्य यदि यो महात्म्य पढ्छ, सुन्छ भने उसलाई अवश्य सफलता मिल्दछ ।

विजया एकादशीको महत्व

चारैतिरबाट विजय वा जीत हासिल गर्न सकिने शक्तिका रुवरुप विजया एकादशी नाम रहन गएको कुरा पुराणहरुमा उल्लेख छ । अतः विजया एकादशीको विधिपूर्वक व्रत गर्नाले सम्पूर्ण समस्या, संकट, शत्रु आदिमाथि विजय प्राप्त गर्न सकिन्छ । यो एकादशीका बारेमा भगवान श्रीकृष्णले स्वयं अर्जुनलाई बताउनुभएको थियो । वकलादभ्य मुनीले यो एकादशीको महिमा श्रीरामलाई बताएको कुरा रामायणमा उल्लेख छ । यहि एकादशीको प्रभावले राम र रामका सेनाले लंका जाने समुद्र पार गर्न र विजय हासिल गर्न सफल भएको कुरा रामायणमा उल्लेख छ ।

श्रीराम वनबास गएका समयमा रावणले सीतालाई छल गरेर हरण गरेको थियो । सीतालाई खोज्दै राम जब समुद्र नजिक पुग्नुभयो । त्यहाँ एक मुनीलाई दण्डवत गरी आप्mना सबै दुख सुनाउनुभयो । मुनीले फाल्गुण कृष्णपक्षको एकादशी तिथिको व्रत गर्ने उपाय सुझाएपछि रामले विधिपूर्वक उक्त एकादशीको व्रत लिनुभयो। यहि व्रतका प्रभावले लंकामाथि विजय प्राप्त भएको थियो । अतः यस एकादशीलाई विजया एकादशी भनिएको हो । अतः यस एकादशीको महत्व र महिमा अपार छ ।
विजया एकादशीका लागि पूजा सामग्री

फल र मिठाई
तुलसी पत्त (एकादशीका दिन नटिप्ने, अघिल्लै दिन टिपेर राख्ने)
धूप
पञ्चामृत
नरिवल

विजया एकादशीको व्रत विधि

व्रतको संकल्पः एकादशीका दिन प्रातःकालमा उठेर स्नानदी कर्मले शरीरलाई शुद्ध गर्ने । सफा वस्त्र धारण गर्ने र भगवान विष्णुका सामु व्रतको संकल्प गर्ने
पूजाः भगवान विष्णुको मूर्ति या प्रतिमालाई गंगाजलले स्नान गरनउने, पहेँलो फल, तुलसी पत्ता, मिठाई अर्पण गर्ने, धूपबाती जलाएर आरती गर्ने, विष्णुसहस्त्रनाम पाठ गर्ने ।
उपवासः आप्mनो स्वास्थ्य अवस्थाअनुसार निराहार, जलाहार वा फलाहार व्रत राख्न सकिन्छ ।
जाग्रमः रातमा भगवान विष्णुको भजन कीर्तन गर्ने र सम्भव भए जाग्राम गर्ने ।
पारणः द्धादशीका दिन विहान उठेर स्नान पूजादि गरेपछि ब्रम्हाण वा कुनै असहायलाई भोजन गराउने, दान दक्षिणा दिने र आपूmले पनि भोजन ग्रहण गरी व्रत खोल्ने ।

विजया एकादशी व्रतको नियमः

यस दिन तामसिक भोजनको सेवन नगर्ने ।
ब्रम्हचार्यको पालन गर्ने, झुट नबोल्ने, कसैप्रति अपशब्द नबोल्ने
कुनैपनि प्रकारको नशा नगर्ने ।
श्रद्धा र भक्तिका साथ विजया एकादशीको व्रत राख्ने ।

एकादशी सामान्य परिचय र महत्व

हरेक महिनाका शुक्लपक्ष र कृष्णपक्षका एघारौँ तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथीलाई शुक्लपक्षको एकादशी भनिन्छ भने, औँशी वा अमावश्या पछि आउने तिथीलाई कृष्णपक्षको एकादशी तिथी भनिन्छ । हिन्दु सनातन सम्प्रदायमा यी दुवै प्रकारका एकादशी तिथीहरुको धेरै महत्व रहेको छ । एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतहरुको तुलनामा एकादशी व्रतको महत्व अधिक रहेको बताइन्छ ।

“अश्वमेधसहस्त्राणि राजसूयशतानि च ।
एकादश्यपुवासस्य कलां नार्हन्तिषोडशीम ।।”

अर्थात्ः एकादशी व्रतको महत्व यति छ कि, हजार हजार अश्रवमेध यज्ञ र सयौँ राजसूय यज्ञको महत्व एकादशी व्रतको महत्वको सोह्र भागको एक भाग जति पनि हुँदैन ।

अधिक वर्ष र शुद्ध वर्षमा एकादशीको संख्या फरक फरक हुन आउँछ । चन्द्रमासका हिसाबले हरेक महिनाका कृष्णपक्ष र शुक्लपक्षमा एक एक गरी एक महिनामा दुईवटा र वर्षभरीमा २४ वटा एकादशी हुन्छन् । तर मलमास वा अधिक मासमा अरु दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी हुन्छन् । यदि एकादशी तिथी दुई दिन परेको भए शैवमार्गीहरुले पहिलो दिन र वैष्णवहरुले दोश्रो दिन एकादशी व्रत राख्छन् ।

एकादशी व्रत भगवान विष्णुको पूजा र उपासनाका लागि समर्पित गरिन्छ । व्रतमा भगवान विष्णुको पूजा र कथा श्रवण गरिन्छ । सबै प्रकारको सुख प्राप्तिका लागि एकादशी पर्वलाई मानिन्छ । एकादशी व्रतका प्रभावले व्यक्तिका सबै पाप र दुर्गुणहरु नाश भएर जान्छन् र यसको विधिपूर्वक राखिएको व्रतका कारण विष्णुको कृपा प्राप्त हुन्छ । एकादशी व्रतको महत्वका बारेमा पद्म पुराणमा उल्लेख गरिएको छ ।

“स्वर्गमोक्षप्रदा हृोषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदा हृोषा धनमित्रप्रदायिनी ।।
न गंगा न गया राजन न च काशी च पुष्करम् ।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।”

एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन ! गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । यस श्लोकमा उल्लेख गंगा नदी र अन्य तीर्थक्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर यस्ता पवित्र तीर्थस्थलहरु मध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ । अर्थात एकादशीको महत्व ती सबैभन्दा उच्च छ ।  abhilashi2009@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here