इक्यानका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

0
41

बिर्तामोड ।

देश विकासको पहिलो आधार नै शिक्षा भएकाले शिक्षाको विकास गर्दै शैक्षिक क्षेत्रलाई अघि बढाउनुपर्ने झापाको बिर्तामोडमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

नेपाल शैक्षिक परामर्श संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागी वक्ताहरुले नेपालको संविधानले नै शिक्षालाई प्रथमिकतामा राखेकाले कुनै पनि नागरिकले उच्च शिक्षा अध्ययनका लागि विश्वका जुनसुकै स्थानमा पनि जान सक्ने बताएका छन् । उनीहरुले विदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमै आएर उदाहरणीय काम समेत भइरहेकाले अध्ययनका लागि विदेश जाने विद्यार्थी नेपाल फर्किदैनन् भन्ने भाष्य गलत भएको बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आयोजना कार्यक्रममा बोल्दै इक्यान केन्द्रका अध्यक्ष लक्ष्मण (एन्ड्रियु) पौडेलले शैक्षिक परामर्श क्षेत्रलाई ब्यवस्थित गर्दै अघि बढ्ने बताए । उनले शैक्षिक परामर्शका क्षेत्रमा काम गर्नेहरुलाई राज्यले विभिन्न बहानमा अंकुश लगाउने काम भइरहेको भन्दै शैक्षिक क्षेत्रको विकासका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले शैक्षिक परामर्शका क्षेत्रका समस्यालाई समाधान गर्दै शैक्षिक परामर्श ब्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले विश्वका जुनसुकै विश्वविद्यालयमा सिकेका सीप र ज्ञानलाई स्वदेशमा नै प्रयोग गर्न सकेमा देशको विकास र समृद्धिलाई अघि बढाउन सकिने बताए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले शैक्षिक क्षेत्रको विकासका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा इक्यान केन्द्रका निर्वतमान अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रको समस्या समाधन गर्दै यस क्षेत्रलाई व्यवस्थित गर्न केन्द्र लागि परेको बताए । उनले शैक्षिक परामर्श क्षेत्रलाई राज्यले गलत तरिकाले भाष्य बनाएकाले त्यसलाई चिर्न जरुरी रहेको बताए । उनले भने– ‘वैदेशिक अध्ययनमा यति रकम बाहिरियो, भन्ने काम हुन्छ तर, विदेश गएका विद्यार्थीले कति रकम भित्र्यिाए भन्ने यकिन तथ्याङ्क राज्य संग छैन् ।’ विदेश अध्ययनका लागि गएका विद्यार्थीहरु नेपाल फर्किएर गरेका कामहरुको विषयमा समेत राज्यले खोज्नुपर्ने बताए । विदेश अध्ययन गरेर आएका विद्यार्थीले शैक्षिक क्षेत्रमा गरेको कामको मुल्याङ्कन गर्नुपर्ने धारणा ब्यक्त गरे ।

इक्यान झापाका संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमन शर्मा जमरकट्टेलले शैक्षिक क्षेत्रका समस्यालाई समाधान गर्दै यसको विकासका लागि इक्यान केन्द्रले मुख्य भूमिका निर्वाह गर्नुपर्ने धारणा ब्यक्त गरे । शैक्षिक परामर्श क्षेत्रमा देखिएका विकृतिलाई अन्त्य गर्दै यो क्षेत्रलाई ब्यवस्थित र सम्मान जनक क्षेत्रका रुपमा परिचत गराउन इक्यान केन्द्रको भूमिका महत्वपूर्ण हुने धारणा ब्यक्त गरे ।

इक्यान झापाका निर्वतमान अध्यक्ष रोशन सुवेदीले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न इक्यान केन्द्रले शिक्षा मन्त्रालय तथा सरकारसंग समन्व्य गरेर अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे । उनले इक्यान झापाले भोगि रहेका समस्यालाई समेत केन्द्र समस्य प्रस्तुत गरेका थिए । सानो कामका लागि पनि विद्यार्थी काठमाण्डौंसम्म धाउनुपर्ने बाध्यताको अन्त्यका लागि पहल गर्नुपर्ने विचार गरे ।

इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो ।

सोही अवसरमा इक्यान झापाको स्थापनादेखि हालसम्म पनि विभिन्न माध्यमबाट सहयोग गर्नुका साथै इक्यान केन्द्रको नेतृत्व गर्दा झापा शाखालाई पु¥याएको सहयोग प्रति आभार ब्यक्त गर्दै निर्वतमान अध्यक्ष शेषराज भट्टराईलाई दोसल्ला ओडाएर इक्यान झापाको तर्फबाट सम्मान गरिएको थियो ।

इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव विशाल सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here