चारआली।

स्थानीय सीताराम सामुदायिक अङ्ग्रेजी माविको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बा रहेका थिए ।
कार्यक्रममा मनकामना क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई लगायतको आतिथ्य रहेको थियो । विद्यालयका प्रिन्सिपल राजेश निरौलाले सहजीकरण गरिएको कार्यक्रममा स्वागत जीवन प्रसाईंले गरेका थिए ।

कार्यक्रममा लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक घनश्याम सेढाईले प्रस्तुत गरेका थिए भने सोही अवसरमा पाँच जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा बलराम कडरिया, भक्ति प्रसाद शिवाकोटी, होमनाथ आचार्य, रमेशकुमार कार्की र वीरकुमार लिम्बू रहेका छन् । कुल एक सय १३ जना शेयर सदस्यको सहभागितामा कार्यक्रम सम्पन्न भएको टेकेन्द्र ढकालले जानकारी दिए ।






























