स्वस्तिकाको ४०औं वार्षिकोत्सव

0
2
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–८ स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको ४०औं वार्षिकोत्सव एवम् सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा विद्यालयकी संस्थापक इश्वरा श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरिबहादुर कवरले उद्घाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र एवम् प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो । जसअनुसार पूर्व विद्यार्थी डा.रेवतप्रसाद ओली, गत शैक्षिक वर्ष २०८१को एसईई उत्कृष्ट छात्र आशिष बस्नेत र उत्कृष्ट छात्रा मीना प्याकुरेल, अभिभावकतर्फ गंगा न्यौपाने र लीलादेवी नेपाल चापागाईं, विद्यालयका अतिरिक्त क्रियाक्लाप संयोजक शिक्षक सुजन त्रिखत्री, अनुशासन इञ्चार्ज शिक्षक सनम कार्की, भलिबल प्रशिक्षक अनिश सुनदासलगायत रहेका छन् ।
विद्यालयका सल्लाहकार इन्द्र ढुंगानाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन बारे जानकारी गराएको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, रायम्स, कविता, भाषण, फेसन शो, नाटक प्रदर्शनी, समाचार वाचन, तङ इल मोदो प्रदर्शनी आदि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अग्रज पत्रकार एवम् शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष दिपीन राई, सम्मानित व्यक्तित्व पूर्व विद्यार्थी ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिक्षकतर्फ सीता खतिवडा र विद्यार्थीतर्फ युनिका राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक सीपी सुवेदी र विद्यार्थीद्वय अञ्जली अधिकारी र रुपेश रामले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here