लागू औषध गाँजासहित दुई जना पक्राउ

0
2

धनकुटा ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जंगलबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी मुलघाटबाट धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सेतो प्लाष्टिको बोरा भित्र १० वटा बोरामा भएको दुई सय पाँच किलोग्राम गाँजासहित सोहि स्थानका ३३ बर्षीय प्रकाश राई र ३४ बर्षीय अशोक राईलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here