हेर्न लायक प्रतिष्पर्धा

0
9

वर्तमान राजनीतिक सन्दर्भमा बालेन ‘क्रेज’ एउटा विकल्पका रुपमा उदाएको छ । पुराना राजनीतिक संरचना, व्यवहार र असफलता माथिको असन्तुष्टिबाट जन्मिएको यो क्रेज बालेन प्रतिको आशा र विश्वास हुनसक्छ । पुराना दलहरुको अकर्मण्यता, संस्थागत भ्रष्टाचार र बढेको विकृतिले आमजनताको विश्वास र भरोसा कमजोर भएको छ । अभिव्यक्ति चर्का दिइए, आश्वासन बाँडिए र सुन्दर नेपालको नारा पनि लगाइए तर जनताको अवस्था उठ्नुको साटो खस्कँदै गयो । त्यसकै प्रतिक्रियाका रुपले काठमाडौं महानगरको मेयरको निर्वाचनमा उनलाई जन्मायो । जो अहिले के मधेश, के पहाड सबैका केन्द्रका रुपमा दरिए ।

वर्षौंदेखिको जनताको असन्तुष्टिको नेतृत्व गर्दै छोटो समयमै राजनीतिको केन्द्रमा उदाएको रास्वपा प्रति जनताले अपेक्षा गरेकै हुन् । स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा दरिलो प्रभाव कायम गर्न सफल रास्वपाको ‘पुरानो होइन नयाँ’ भन्ने विम्वमा समाहित भएका बालेनको मौनता, जनभावना सुन्ने धीरता, संयम र गरेर देखाउने काठमाडौं महानगरको कामले समेत उनको ‘क्रेज’ बढाएको अनुमान गर्न सकिन्छ । किनकि विगतमा निर्वाचन केन्द्रीत ठूला सभा हुन्थे, प्रचार गरिन्थ्यो, आश्वासन र आशा बाँडिन्थ्यो, उनी यस विपरीत नागरिकसँग भेट गरिरहेका छन् ।

पूर्वी पहाडी जिल्लादेखि सुदूर पश्चिमसम्मको भ्रमण गरेका बालेनको राजनीतिक परिपक्वताको अनुपम उदाहरण हो । नागरिकसँगको प्रत्यक्ष भेटमा नागरिककै कुरा सुन्ने, बुझन् खोज्ने यस्तो अभ्यास नेपाली नागरिक र राजनीतिका लागि नौलो कुरा होे । भनिन्छ, नयाँ संरचना निर्माण गर्न पुरानो भङ्ग गर्नैपर्छ, शायद त्यहीकारण हुनसक्छ आमनेपालीले नवीनता खोजेका । यद्यपि निर्वाचन गोप्य मतदान हो जहाँ विवेक थोरै प्रभाव शक्ति, सामथ्र्य र आश्वासन हावी हुन्छ । वर्षौंदेखि राजनीतिमा स्थापित, पटक–पटक प्रधानमन्त्री भइसकेका र एउटै क्षेत्रबाट निर्वाचित हुँदै आएका राजनीतिका स्थापित व्यक्तित्व केपी ओलीसँगको उनको चुनावी भीडन्त जोखिमयुक्त नै छ । जनभावना साँच्चै परिवर्तनको पक्षमा छ वा परम्परागत, शैलीको त्यो मत परिणामले देखाउला । त्यसका लागि आसन्न निर्वाचन शान्त र स्वतन्त्र हुनुपर्छ । त्यसो हुन मुख्यतः पुराना दल र अन्य दल, कार्यकर्ता, नेता र आमनागरिकले संयमित हुनुपर्छ । यसमै नेपालको पनि जय हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here