आपगाछीमा ६ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण

0
1

इनरुवा (सुनसरी),

सुनसरीको इटहरी उपमहानगरपालिका–१ आपगाछीमा रु ६ करोड ६० लाखको लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ ।

स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन् । मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गर्नुभयो ।

भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताउनुभयो ।

चन्द्रप्रसादका देशभर छरिएर रहेका सात भाइ छोराका नाति तथा पनातिले संयुक्त रूपमा जग्गा खरिद गरी चार वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन् । शिव मन्दिर निर्माणपछि पूजाआर्चनाका लागि खुला गरिएको छ । यहाँ दैनिक रूपमा भक्तजन पूजाआज गर्न आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here