लागुऔषधसहित पक्राउ

0
345

 

इटहरी,  कात्तिक ६ । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका–३ स्थित सडकमा हिँडिरहेका तनमुना–५ का ३६ वर्षीय दिनेश उरावलाई शङ्का लागि शरीर खानतलासी गर्दा उनको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीबाट परिचालित गस्ती प्रहरी टोलीले शुक्रबार सडकमा चेकजाँच गर्ने क्रममा उनको साथबाट कोरेक्स १४७ बोतल र नाइटङोजन ट्याबलेट ३८९ वटा फेला परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

पक्राउ परेका उरावलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीले हिरासतमा लिएको बताइएको छ ।

विस्फोटक वस्तुसहित एक पक्राउ

सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका क्षेत्रका सडकमा शुक्रबार साँझ परिचालित गस्ती प्रहरीले सडकमा चेकजाँच गर्ने क्रममा इटहरी–४ का शम्भु साहसुढीलाई ठूलो परिमाणमा विस्फोटक पद्धार्थसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

को२१प ३८९७ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका साहले मोटरसाइकलको पछाडि झोला र बोरामा राखेर ल्याएको मिनि बुलेट १० प्याकेट, बिग बुलेट १० प्याकेट, स्काइ मिनि १० प्याकेट कनरकोटी एक प्याकेट, सुप्रिम फ्लावर एक प्याकेट सुप्रिम अशोका एक प्याकेट बरामद गरिएको छ ।

पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखी कारबाही अघि बढाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here