राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा पुनः राधा

0
562

सुरुङ्गा (झापा) २६ कात्तिक । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला अध्यक्षमा पुनः राधा कार्की चयन हुनुभएको छ ।
संगठनको आज बिर्तामोडमा सम्पन्न अधिवेशनले कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
समितिमा प्रत्येक क्षेत्रबाट २÷२ जना तथा क्षेत्र नम्बर–२ बाट ३ जना महिला सदस्य रहने गरी समिति चयन गरिएको क्षेत्र नम्बर २ बाट मनोनित रञ्जु प्याकुरेलले जानकारी दिनुभयो ।
जस अनुसार क्षेत्र नम्बर–२ बाट रञ्जु प्याकुरेल, शर्मिला लिङदेन, नरमाया कडारिया, क्षेत्र नम्बर–३ बाट टिका रेग्मी र कुमारी चेम्जोङ, क्षेत्र नम्बर–७ बाट रिता थापा लगायत सबै क्षेत्रबाट २÷२ जना सदस्य मनोनित गरिएको बताइएको छ ।
अध्यक्ष कार्कीको नेतृत्वमा चयन गरिएको समितिको पदाधिकारी चयन भने पछि मात्रै हुने नवनिर्वाचित अध्यक्षले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here