अंग्रेजी पढाउने तालिम

0
562


बिर्तामोड, जेठ १ । झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको आयोजनामा शुरु भएको हाउ टू टीच इङ्लिस सम्बन्धी छ दिने तालिम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहीतमान ढकालको अध्यक्षता र शैक्षिक तालिम केन्द्र भद्रपुरका अंग्रेजी विषयका प्रशिक्षक हरिभक्त दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले गरेका थिए ।
प्रशिक्षक दाहालले सहजीकरण गरेको तालिममा १९ जना शिक्षकको सहभागिता रहेको शिक्षक प्रदीप बस्नेतले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुकोतर्फबाट शिक्षक दीपेन्द्र काफ्ले र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वृख प्रधान लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा प्रशिक्षक दाहाललाई सम्मान समेत गरिएको थियो । ‘हाम्रो नानी राम्रो नानी बनाउन आमाको भूमिका’ विषयमा सहभागीहरुको सुझाव संकलन गरिएको कार्यक्रमको सञ्चालन विद्यालयका सहप्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।
सो विद्यालयमा हाल कक्षा २ सम्म अंग्रेजी माध्यममा अध्यापन हुने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here