आगलागीबाट दश लाखको क्षति

0
571

इलाम।

माई नगरपालिका– ३ गोल्टारका दीलबहादुर बस्नेतको दुईतले घरमा एक्कासी आगलागी हुँदा दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

भर्खरै निर्माण सम्पन्न गरेको कंक्रिट पिलर र माथि काठले बनेको टिनको घरमा आगलागी हुँदा बस्नेतको ५३ हजार नगद, बाह्रआना सुन, कम्प्युटर, फर्निचरका सामग्री, लत्ताकपडा समेत जलेर क्षति भएको माई नगरपालिकाकी उपप्रमुख बिष्णुमाया आचार्यले बताइन् ।

बिद्युत् सर्टका कारण आगलागी भएको आशंका गरिएको भएता पनि बिहानको ३ बजे घरको छानोमा आगो बल्दै गरेको अबस्थामा मात्र थाहा पाएको घरधनी बस्नेतले बताए । ‘गाउँलेहरुले आगलागी भएको देख्दा घर वरिपरि आगो फैलिसकेको थियो लाइन पनि थिएन ।’ स्थानीय अम्बरबहादुर घिमिरेले बताए । हावाहुरीका कारण राति ११ बजेबाट भने बिद्युत् अवरुद्ध भएको थियो ।

शिक्षण पेशा गर्दै आएका बस्नेत केही महिनादेखि गोल्टारको घरमा एक्लै बस्दै आएका थिए । आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको घरको निरीक्षण गर्दै माईका मेयर दीपककुमार थेबेले पिडीत बस्नेतलाई सहयोग गर्न आग्रह गरेका छन् । स्थानीयले भने माई नगरपालिकमा एउटा पनि दमकल नहुँदा ठूलो क्षति रोक्न समस्या हुने गरेको बताउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here