बृद्धाश्रममा रजत जयन्ती

0
357

बिर्तामोड।

नेवाः पासा मुना पुचः बिर्तामोडको रजत जयन्ती बर्ष तथा नेपाल सम्वत् ११३९ को अवसर पारेर नेवाः पासा मुना पुचः बिर्तामोडले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई भोजन गराएको छ ।

रजत जयन्ती वर्ष मनाउने सन्दर्भमा आयोजना गरिएको १३ वटा कार्यक्रम मध्ये नवौं कार्यक्रम अन्तर्गत बृद्धबृद्धाहरुलाई भोजन गराइएको रजत जयन्ती मूल आयोजक समितिका संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

संस्थाले बिर्तामोड–४ मा रहेको परोपकार अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका २६ जना बृद्धबृद्धाहरुलाई भोजन गराएको कार्यक्रम संयोजक निलकुमार श्रेष्ठले जानकारी दिए ।

नेवाः पासा मुना पुचः बिर्तामोडकी अध्यक्ष ईश्वरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजीव श्रेष्ठ र दिपेश बैधले बृद्धबृद्धाहरुलाई खाद्यान्न सामग्री वितरण गरेका थिए भने संस्थाकी साधारण सदस्य रोमी श्रेष्ठले भूमिदान अन्तर्गत ११ हजार चार सय रकम प्रदान गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजीव श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here