सहारा र कुमुदिनी सहकारीबीच एकीकरण

0
818

बिर्तामोड।

झापाका दुई सहकारी मर्ज (एकीकरण )भएका छन् । बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र शिवसताक्षी नगरपालिका–६ शिवगञ्जमा रहेको कुमुदिनी सहकारी संस्थाको सोमवार मर्ज गरिएको हो ।

शिवसताक्षी नगरपालिका प्रमुख चन्द्र सेर्मा लिम्बूको प्रमुख आतिथ्य र उपप्रमुख भोजकुमारी नेपालको विशेष आतिथ्य र सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रमकाबीच यी दुई संस्थाको एकीकरण भएको थियो ।

सहारा नेपालका सल्लाहकार समेत रहेकी भोजकुमारी नेपालले स्वागत गरेको कार्यक्रममा नगरप्रमुख सेर्माले दुई सहकारीबीच एकीकरण प्रक्रिया अघि बढ्नु उत्कृष्ट कार्य भएको भन्दै सहकारीले राम्रो कामको शुरुवात गरेको बताए । सहारासँग एकीकरण हुनु आफैंमा राम्रो हो– अध्यक्ष सेर्माले भने– ‘सहारासँग कुमुदिनी सहकारी एकीकरण हुँदा भोलिका दिनमा कृषि लगायत विपन्न वर्गको जीवनस्तर उठाउन सहयोग पुग्छ ।’

संस्थाको बस्तु तथा सेवा, सदस्य सुविधा र सामाजिक सुरक्षाकोबारेमा संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले प्रकाश पारेका थिए । कार्यक्रममा नगरका ११ वटै वडाध्यक्षहरु, राष्ट्रिय बाणिज्य बैंक शिवगञ्जका प्रवन्धक खगेन्द्र कन्दङ्वा, इलाका प्रहरी कार्यालय प्रमुख शिवगञ्जका गोपीकृष्ण पोखरेल लगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै कुमुदिनी साकोसका अध्यक्ष लोकबहादुर रोक्का लगायत सञ्चालक समिति, लेखा सुपरिबेक्षण समिति तथा ऋण उपसमितिका सदस्यहरु, सहारा नेपाल साकोसका सल्लाहकार सदस्य छविलाल खतिवडा, उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, उपाध्यक्ष पवित्रा सुब्बा, सहसचिब ज्ञानुनाथ मैनाली, कोषाध्यक्ष डम्बरबहादुर देउजा, बिमल बस्नेत लगायतको उपस्थिति थियो । कार्यक्रम संस्थाका सहायक निर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here