देवानछापमा भाषाशास्त्रीलाई यसरी सम्झिए

0
708

गणेश अर्याल
इलाम(देवानछाप) प्रदेश एकका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बिदेशी भाषा र सस्कृतिले नेपाली भाषा सस्कृति ओझेलमा परेको बताएका छन् । महानन्द सापकोटाको १ सय २३ औ जन्म जयन्तीको अवसरमा इलामको रोङ गाउपालिकामा आयोजित जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले मोवाइल र ल्यापटपको कारणले कतिपय नेपालीले नेपाली भाषा लेख्न पनि नसक्ने भएको भन्दै चिन्ता पनि प्रकट गरे ।
‘नेपाली भाषा सस्कृतिको संरक्षणको लागि महानन्द सापकोटाले करिव एक सताब्दी अघि जे गरे त्यो अहिले हाम्रो लागि पनि मार्गदर्शन भइरहेको छ’ मन्त्री घिमिरेले भने, –शिक्षा साहित्य वर्गीय आन्दोलनको मुद्दा उठान गर्ने भाषिक अभियान्ताको रुपमा देश दौडाहा गरेर नेपाली समाजलाइ गुण लगाएका छन्’ ।

रोङ ५ को देवनछाप डाडामा महानन्द सापकोटा स्मृति प्रतिष्ठान रोङ गाउपालिका ५ द्वारा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिब चन्द्र भण्डारीले साहित्यकार सापकोटाको जीवनीमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए ।

१६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले धर्मसग सस्कृति जोडिएको हुन्छ भन्ने सापकोटाले धारणा अहिले समाजमा देखिएको बताए । ‘सापकोटाले उतिवेला नै सास्कृतिक पारभाव हतियार भन्दा ठूलो भएको बिदेशी धर्म भित्राउनेहरुलाई धपाउनु पर्ने र राष्ट्रवादी गठबन्धन चाहिने बताएका थिए’ कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले सुनाए, ‘तत्कालिन सत्ता र सामन्तबादको बिरुध्दमा सापकोटाका कबिता आफै बोल्ने भएकाले अहिलेको पर्यपेक्षमा पनि सान्दर्भिक रहेको छ । कार्यपत्र माथि मेची क्याम्पस भद्रपुरका प्राध्यापक तारा पौडेल बिबिधले टिप्पणी गरेका थिए । उनले कार्यपत्रमा आत्मपरक शब्द बढी उल्लेख गरिएले बस्तुबादी लेखेर सच्याउन सुझाब दिए । उनले कार्यपत्रमा लेखेके तथ्याङकको आधार उल्लेख गरिदिन पनि सुझाब दिएका थिए ।


कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइली, प्रदेश साँसद धिरेन्द्र शर्मा र काजीमान कागते रोङ गाउपालिकाका अध्यक्ष शमसेर राई लगायत सवै वडाका अध्यक्षहरु बुध्दशान्ति गाउपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल, बिद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यार्थीहरु, गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पोखरेल लगायत कर्मचरीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी ठूलो सख्यामा स्थानीय बासी र साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम महानन्द सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्ष बृहस्पति खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो । भाषाशास्त्री सापकोटाको सम्मानमा रोङ गाउपालिकाले सोमबार सार्बजनिक बिदा नै दिएको थियो ।

छात्रबृत्ति बितरण

रोङ गाउपालिकाले महानन्द सापकोटा छात्रबृति कोषको स्थापना गरेको छ । सोही कोष बाट पहिलो पटक ३ जना बिद्यार्थी सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा कुबेर पौडेल, अनिषा राई र नबिन भूजेल रहेका छन् । उनीहरु तीनै जनाले यस अघिको एसइइ परिक्षामा रोङ गाउपालिका भरीको बिद्यालयहरु मध्येवाट उत्कृष्ठ अंक ल्याइ उतीर्ण भएका थिए । पुरस्कृत सबै बिद्यार्थीलाइ जनही नगद ५० हजार रुपैया प्रदान गरिएको गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पोख्रेलले बताए ।

साहित्यिक बाचन

भाषाशास्त्री सापकोटाको जन्म दिनको अवसर पारेर सोही अवसरमा बिभिन्न कबि तथा कबियत्रीहरुले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए । सिरोसान्दाइ, मुनाराज शेर्मा नरेश लिम्बु, नेत्र पोखरेल, पूर्ण चन्द बिवश, पुष्पा चम्लागाइ लगायतले कबिता, गजल र मुक्तक लगायतको रचना सुनाएका थिए । आयोजकले स्थलगत कबिता लेखन प्रतियोगिता पनि सञ्चालन गरेकोे थियो । रोङ र बुध्दशान्ति गाउपालिकाका गरी ९ जना बिद्यार्थीको सहभागिता रहेको स्थलगत कबिता लेखनमा गडीगाउ माबिका अनुप काफ्लेको आमा शीर्षकको कबितालाइ पहिलो घोषणा गरिएको थियो । त्यसैगरी शान्ति निकेतन माबि कुटिडाँडाका स्पर्ष राईको पुस्तक शीर्षकको कबिता दोश्रो र शान्ति आदर्श माबि शान्तिनगरका कृपा खतिवडाको कलम शीर्षकको कबिता तेश्रो भएको आयोजकले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो हुने बिद्यार्थीलाई क्रमश २ हजार, १ हजार ५ सय र एक हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो ।

ज्ञापन पत्र प्रस्तुत

कार्यक्रममा उपस्थित भएका प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेलाई २ वटा ज्ञापन पत्र बुझाइएको छ । देवानछाप क्षेत्रको बिकास का लागि महानन्द स्मृति प्रतिष्ठानले मन्त्री घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । प्रतिष्ठानका अध्यक्ष बृहस्पति खतिवडाले मन्त्री घिमिरेलाई सो ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । त्यसैगरी कम ज्यालामा काम गर्नुपरेकाले घर ब्यवहार समेत चलाउन नसकिएको भन्द्र बिद्यालय कर्मचारी परिषदले पनि ज्ञापन पत्र बुझाएको छ । दुबै ज्ञापन पत्र बुझे पछि मन्त्री घिमिरेले सक्ने आफ्नै मन्त्रालय बाट र नसक्ने सरकारका अन्य मन्त्रालयबाट पहल गर्ने आस्वासन दिए ।

होमस्टेको सम्भावना

महानन्द सापकोटाको अर्धकदको सालिक निर्माण भएकाले देवानछाप डाडा पर्यटकीय क्षेत्र बनेको छ । साहित्यिक मन भएकाहरु देवानछापमा जाने गर्दछन् । त्यहा पुग्ने पर्यटकहरुको लागि बास बस्न होमस्टेको सम्भावना रहेको छ । प्रारम्भिक रुपमा होमस्टेको अवधारणा बिकास भइसकेको र केही घरलाई आधारभूत तालिम प्रदान गरिसकिएको महानन्द सापकोटा स्मृति प्रतिस्ठानका अध्यक्ष बृहस्पति खतिवडाले बताए । देवनछाप अग्लो डाँडामा रहेकाले त्यहा बाट झापाका धेरै भूभाग तथा पश्चिम बंगाल सिलिगुडी लगायतको क्षेत्र अवलोकन गर्न सकिन्छ । देवानछाप बाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन पनि राम्ररी देखिने भएकाले धेरै पर्यटकको रोजाइमा देवानछाप पर्ने गरेको छ । देवानछाप पुग्नको लागि मेची राजमार्गको बर्ने बाट गडीगाउ पाउलो चोक हुदै आधा घण्टाको यात्रा तय गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here