छनौट भएका खेलाडीलाई प्रमाणपत्र

0
945

भद्रपुर।

भद्रपुरमा भएको उपराष्ट्रपति चिल्ड्रेन गेम्सको झापा जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई प्रमाण–पत्र वितरण गरिएको छ ।

मेची रंगशालामा भएको चार वटा विधाका खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रमाण–पत्र वितरण गरिएको हो । प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौड छात्रतर्फ पवन राई प्रथम, सुमित धिमाल द्वितीय र श्रवण राजवंशी तृतीय तथा छात्रातर्फ ऋतिका राजवंशी प्रथम, सुमित्रा मुर्मू द्वितीय र गंगा मुर्म तृतीय भएका थिए ।

त्यस्तै दुई सय मिटर दौड छात्रतर्फ मंगल बेस्रा प्रथम, मोहन टुडू द्वितीय र विराज भुजेल तृतीय तथा छात्रातर्फ कुसुम दर्नाल प्रथम, सुनिता हेमरम द्वितीय र भवानी कामती तृतीय भएका थिए । हाइजम्पको छात्रतर्फ शिवदास मर्डी प्रथम, मंगल बेस्रा द्वितीय र भगन टुडू तृतीय तथा छात्रातर्फ सोनु घोष प्रथम, मनिका मेचे द्वितीय र शुभेक्षा राई तृतीय भएका थिए । लङजम्पको छात्रतर्फ मोहन टुडू प्रथम, सुमन खवास द्वितीय र मंगल बेस्रा तृतीय तथा छात्रातर्फ सम्झना सोरेन प्रथम, सुनिता, किस्कु द्वितीय र सामना टुडू तृतीय भएका थिए ।

ट्रिपलजम्पको छात्रतर्फ शिवदास मर्डी प्रथम, अनुप भूजेल द्वितीय र शिव मुर्मू तृतीय तथा छात्रातर्फ भवानी कामती प्रथम, गंगा मुर्मू द्वितीय र रोशिका राजवंशी तृतीय भएका थिए ।
त्यस्तै, तेक्वान्दोको छात्रतर्फ ३५ केजी तौल समूहमा प्रदीप गजमेर प्रथम, सरोज राजवंशी द्वितीय तथा भुवनचन्द्र आचार्य र सविन ढुंगाना तृतीय भएका थिए ।

पुरुषतर्फ ३८ केजी तौल समूहमा पुजन मंग्रान्ती प्रथम, दिपेन लिम्बू द्वितीय तथा अभिन्न ओझा र मिङ्सी लिम्बू तृतीय भएका थिए । पुरुष ४१ केजी तौल समूहमा पृतु राई प्रथम, अभिनय कोइराला द्वितीय तथा पंकज ऋषिदेव र विपेश श्रेष्ठ तृतीय भएका थिए । तेक्वान्दोको छात्रातर्फ ३२ केजी तौल समूहमा विनिता राजवंशी प्रथम, आयुष्मा चौंलागाईं द्वितीय तथा डिम्पल भुजेल र रोहिङ्का भुजेल तृतीय भएका थिए ।

३५ केजी तौल समूहमा एली लिम्बू प्रथम, प्रगति कार्की द्वितीय तथा जुनु लिम्बू र रोजु भुजेल तृतीय भएका थिए । ३८ केजी तौल समूहमा प्रज्ञा काफ्ले प्रथम, गंगा डाँगी द्वितीय तथा शुभेक्षा श्रेष्ठ र कामना लकान्द्री तृतीय भएका थिए भने तेक्वान्दोको पुम्से छात्रतर्फ पृतु राई र छात्रातर्फ प्रज्ञा काफ्ले प्रथम भएका थिए ।

त्यसैगरी, कराते छात्रतर्फ ३० केजी तौल समूहमा दीप मोते प्रथम, अनिष कुमाल द्वितीय तथा अभियान कार्की र एलन मगर तृतीय भएका थिए । ३५ केजीमा ओस्कारमान श्रेष्ठ प्रथम, अनिष उप्रेती द्वितीय तथा स्माइल मगर र एलिस राई तृतीय भएका थिए । ४० केजी तौल समूहमा अत्तिम राई प्रथम, मनिष कार्की द्वितीय तथा दर्शन तामाङ र सविन गिरी तृतीय भएका थिए । छात्रातर्फ राजुनानी अधिकारी प्रथम, सुमिना बस्नेत द्वितीय तथा जेनिसा ढकाल र सर्बणा लिम्बू तृतीय भएका थिए । ३४ केजीमा पूर्णिमा मुर्मू प्रथम, सुम्निमा लिम्बू द्वितीय तथा आरुषी बज्राचार्य र सुष्टि बुढाथोकी तृतीय भएका थिए । ३८ केजी तौल समूहमा पुष्पा प्रसाईं प्रथम, प्राश्ना फागो द्वितीय तथा तुमा काम्बाङ र स्वस्तिका प्रसाईं तृतीय भएका थिए ।

त्यस्तै, उसुको थाइची छ्वान छात्रतर्फ निशान कार्की प्रथम, समिर आचार्य द्वितीय र अम्बर भूजेल तृतीय भएका थिए । छान छ्वान छात्रतर्फ सन्दिप मेचे प्रथम, प्रतिक राजवंशी द्वितीय र सन्देश खत्री तृतीय भए । छान छ्वान छात्रातर्फ प्रतिमा राई प्रथम, सन्ध्या तामाङ द्वितीय र कोमल तामाङ तृतिय भए । थाईची छात्रतर्फ निशान कार्की प्रथम, समिर आचार्य द्वितीय र अम्बर भुजेल भए ।

थाईची छात्रातर्फ रोशनी लिम्बू प्रथम, युसिका निरौला द्वितीय र आयुष्मा तामाङ तृतीय भएका थिए । नान छ्वान छात्रतर्फ निकुञ्ज चौधरी प्रथम, सुवर्ण बस्नेत द्वितीय र निखिल राजवंशी तृतीय भएका थिए । नान छ्वान छात्रातर्फ रिया राई प्रथम, रिया श्रेष्ठ द्वितीय र कुस्मा चापागाई तृतीय भएका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, जिल्ला खेलकुद विकास समितिका सदस्य हरिमाया मैनाली, ज्ञानेन्द्र राई, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, तेक्वान्दो स्वयम्सेवक प्रशिक्षक होम दुलाल, जुडो संघका केन्द्रीय सदस्य गंगाबहादुर खड्का लगायतले प्रमाण–पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा १४ वर्षमुनीका कक्षा ६ देखि ८ सम्म अध्ययनरत् सामुदायिक तथा संस्थागत विद्यालयका करिब आठ सय विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । जिल्ला छनौटमा प्रथम स्थान हासिल गर्ने छात्र तथा छात्रा खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने र प्रदेशस्तरीय छनौटमा प्रथम हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने कार्यक्रममा जानकारी दिइयो ।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्ले गत वर्षदेखि सो प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गत वर्ष सम्पन्न प्रदेशस्तरीय उक्त प्रतियोगिताको उपाधि झापाले जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here