इलाममा ८० साइकल सडकमा एकै साथ सरर

0
508

इलाम।

ललितपुर लखिपुटकी कमला पुन शनिबार साइकल लिएर हासपोखरी आइपुगिन् । १० बर्ष सम्म नर्सिङ पेशामा रहेकी कमला पछिल्लो समय साइकल यात्रामा रमाउने गरेकी छिन् ।
लक्ष्मी साइक्लिङले आयोजना गरेको साइकल यात्रामा सहभागी हुन उनी इलाम आइपुगेकी हुन् ।

मनोरञ्जन र स्वास्थ्यको लागि साइकल कुदाउने गरेको बताउछिन् कमला । ‘हर्मोनको ब्यालेन्स र शारीरिक ब्यायमको लागि साइकल महत्व पुर्ण छ, कमलाले भनिन्– ‘मैले नेपालको धेरै क्षेत्रमा साइकल यात्रा गरेकी छु ।

काठमाण्डौकै सागर महर्जन करिब १८ महिना अघि बाट साइकलमा नै यात्रा गरिरहेका छन् । बिभिन्न इभेन्टहरुमा उनी साइकल यात्रामा पुग्छन । ‘माउण्टेन बाइक साइकल लिएर यात्रा गर्दा पहाड तराइ उकालो ओरालोमा त्यति गारो हुदैन, महर्जनले भने –‘ स्वास्थ्यको लागि र इस्टामिना बिल्डअपको लागि पनि साइकल कुदाउनु पर्छ ’ ।

लक्ष्मी साइक्लिङले आयोजना गरेको साइकल यात्रामा ८० जना साइकल यात्रीहरुको सहभागिता रहेको छ । स्थानीय आयोजकको रुपमा खगेन्द्र शिवाकोटी र योगेन्द्र थापाले यो यात्रामा साथ दिएका छन् । साइकल यात्राको टोलीमा रोङ गाउपालिकाका प्रबक्ता शुवास तामाङ पनि सहभागि भएका छन् ।

शनिबार बिहान रोङ ३ हासपोखरीमा आयोजित एक सक्षिप्त कार्यक्रममा रोङ ३ का वडाअध्यक्ष मात्रिका बरालले फूल अबिर र खदा लगाएर साइकल यात्री टोलीको बिदाइ गरेका थिए । साइकल यात्राको सूरुवाती हुन अघि धरानबाट आएका साइकल यात्री अभिशेक मादेन लिम्बुले एक चक्काले मात्रै साइकल कुदाएर कला प्रस्तुत गरेका थिए ।

सन २०२० को नेपाल भ्रमण बर्षको सहयोग र प्रचार प्रसारको लागि साइकल यात्रा आयोजना गरेको स्थानीय सहयोगी खगेन्द्र शिवाकोटीले बताए । ‘स्थानीय स्तरमा रोङ गाउपालिकाले एक रात बास बस्ने ब्यवस्था मिलाइदिएको छ भने सूर्योदय नगरपालिकाले बिहानको खानाको ब्यवस्था गरिदिएको छ’ सहयोगी शिवाकोटीले भने,– साइकल यात्रामा बाणिज्य संघ लगायतका संघसस्थाले पनि सहयोग गरेका छन् । साइकल यात्राको टोलीमा बाणिज्य संघ इलामका उपाध्यक्ष दिपेन श्रेष्ठ सहित ५ जना साइकल यात्रामा सहभागि भएका छन् । त्यसैगरी काठमाण्डौ, पोखरा दाङ भैरहवा धरान र झापा बाट सहभागि भएका छन् ।

साइकल चलाउ स्वस्थ्य बनौ भन्दै यात्रा आयोजना गरेको अर्का सहयोगी योगेन्द्र थापाले पनि बताए । पछिल्लो समय इलाममा साइकलमा यात्रा गर्न पर्यटकहरु आउने गरेका छन् । निकै साइकलयात्री आएपनि यसलाई ब्यवस्थित गर्न बाकी नै रहेको इलाममा खेलकुदमा कलम चलाइ राखेका पत्रकार नमिन ढकाल बताउछन् ।

‘स्थानीय सरकारहरुले सम्भावना भएका क्षेत्रहरुमा साइकल यात्राको लागि ट्रयाक बनाइदिने हो भने साइकल पर्यटनको सम्भावना रहेको छ’, पत्रकार ढकालले भने,– ‘धरान भेडेटार र सन्दकपुर को लागि साइकल यात्राको लागि उत्कृष्ठ पाइएको छ’ ।

शनिबार हासपोखरी बाट इलाम सदरमुकाम सम्म आयोजना गरेको साइकल यात्राको क्रममा हासपोखरी हर्कटे कन्याम फिक्कल गोदक राजदुवाली लगायतको स्थानमा स्थानीय बासीले सहभागिहरुको स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here