डाङ्ग्रे बाबा धामको संरक्षण गर्ने प्रतिबद्धता

0
786

अर्जुनधारा।

झापाको अर्जुनधारा–७ स्थित पाराखोपीमा रहेको डाङ्ग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामको परिसर घेराबारा गरी संरक्षण गर्ने प्रदेश सांसद र वडाध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैशाखे पूर्णीमाको सन्दर्भमा धाम परिसरमा आयोजित विशेष पूजा समारोहलाई सम्बोधन गर्ने क्रममा समारोहका प्रमुख अतिथि प्रदेश नं.१ का सांसद बृख प्रधान र विशेष अतिथि वडाध्यक्ष नवराम ढुंगाना ‘नवीन’ले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

डाङ्ग्रे बाबा उत्पत्ति भएको विश्वको दोस्रो र देशकै पहिलो धाम दाबी गरिएको सो तीर्थस्थलमा संरक्षण तथा सम्वद्र्धन समितिको दुई फिट प्लम र छ फिटमा जाली लगाउने योजना रहेको अध्यक्ष राजेन्द्र काफ्लेले बताए । धाम उत्पत्तीकर्ता धर्मगुरु विकास राईका अनुसार डाङ्ग्रे बाबा भगवान् विश्वकर्माको देब्रे अंग हुन् ।

कार्यक्रममा किरात राई यायोक्खा पथरी शनिश्चरे नगर कार्यसमितिका कलाकारहरुबाट साकेला सिली प्रस्तुत गरिएको थियो । त्यसैगरी कार्यक्रममा समितिकी सल्लाहकार लक्ष्मीदेवी कार्कीको परिवारबाट धाम समितिलाई हात्तीको मूर्ति प्रदान गरिएको थियो ।

समितिका अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नगर सभा सदस्यद्वय ऐतराज नेम्वाङ ‘सन्तोष’ र गोमा पर्वते, धाम उत्पत्तिकर्ता धर्मगुरु राई, धामका संरक्षकद्वय इन्द्रजीत चौधरी र चन्द्रबहादुर तामाङ, किराया पथरी शनिश्चरे नगर कार्यसमितिका अध्यक्ष डम्बर राई, किराया पथरी शनिश्चरे–१ का अध्यक्ष बलबहादुर राई, साकेला सिली संयोजक देवराज राई, सिली मपा गजेन्द्र राई र सिली ममा मनिता राई लगायतले समेत डाङ्गे्र बाबा धामको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

समितिका सचिव रोशन नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार अमित खम्बूले गरेका थिए । कार्यक्रम अन्तर्गत धाम परिसरमा साँझ किर्तनको समेत आयोजना गरिएको सहसचिव अशोक वान्तवा राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here