त्रिशूली नदीमा बस खस्दा सात जनाको मृत्यु

0
416

धादिङ,

धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ ।

काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here