नेकपाद्धारा पार्टी निकट पत्रकारसंग छलफल

0
491

झापा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी निकट पत्रकारलाई बोलाएर मिडिया काउन्सिल सम्बन्धी विधेयकमाथि छलफल गरेको छ ।

पत्रकार महासंघ विधेयकका केही बुँदामा असन्तुष्टी जनाउँदै आन्दोलनमा रहेका बेला सत्तारुढ दलका नेताले पार्टी निकट पत्रकारसंग छलफल गरेका हुन् ।

छलफलमा पार्टीका तर्फबाट उपनेता सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, योगेश भट्टराई उपस्थित थिए भने केही पत्रकारको मात्र उपस्थिति रहेको थियो । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफुलाई छलफलका बारेमा केही जानकारी नभएको बताए।

प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले स्वास्थ्य अवस्थाका कारण आफू छलफलमा उपस्थित हुन नसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here