पूर्व एआईजीकाे घरमा चाेरी गर्ने तामाङलाई पक्रन प्रहरीले चलायाे गाेली

0
510

काठमाण्डाै,

काठमाण्डाैकाे टाेखामा प्रहरीले गाेली हानेर एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

डाँकाजनी र चाेरी काण्डमा संलग्न प्रहरीकाे खाेजी सूचीमा रहेका सिन्धुपाल्चोक मेलम्ची घर भएका काले भन्ने ३३ वर्षीय विष्णु तामाङलाई प्रहरीले गाेली हानेर नियन्त्रणमा लिएकाे हाे ।

तामाङकाे याेजनामा पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड भएकाे र उनी टाेखामा रहेकाे जानकारी पाएपछि नियन्त्रण गर्न पुगेकाे प्रहरीमाथि नै आक्रमण हुन लागेपछि प्रहरीले गाेली हानेर नियन्त्रणमा लिनु परेकाे अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयाे ।

तामाङकाे घुँडामूनी गाेली लागेकाे र उनकाे अहिले प्रहरीकाे निगरानीमा वीर अस्पतालमा उपचार भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

तामाङ पूर्व एआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here