परजीवी नियन्त्रण शिविर

0
1122

अर्जुनधारा।

अर्जुनधारा–७ वडा समितिको आयोजना र नगर पशुपन्छी विकास शाखाको प्राविधिक सहयोगमा एक दिवसीय निःशुल्क परजिवी नियन्त्रण शिविर सम्पन्न भएको छ ।

कृषकहरुले पालन गरेको पशुचौपायाहरुलाई प्राविधिकको प्रत्यक्ष निगरानीमा सही औषधि सही मात्रामा खुवाउने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको वडाध्यक्ष नवराम ढुंगाना ‘नविन’ले बताए ।

गत आर्थिक वर्षदेखि शुरु भएको उक्त कार्यक्रम सफल भएपछि यस आर्थिक वर्षमा पनि वडाको एक लाख रुपैयाँ बजेट विनियोजन गरी निरन्तरता दिइएको वडा सदस्य ऐतराज नेम्वाङ ‘सन्तोष’ले बताए । स्थानीय डम्बर भण्डारीको गाईलाई वडाध्यक्ष ढुंगानाले औषधि खुवाउँदै शिविरको उद्घाटन गरेका थिए ।

वडाध्यक्ष ढुंगानाको अध्यक्षतामा आयोजित शिविरमा जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्ष दुर्गा न्यौपाने, पारसचन्द्र भट्टराई लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

शिविरमा तीन सय ५० वटा गाईगोरु, ४६ वटा भैंसी, दुई सय १७ वटा खसीबाख्रा, १६ वटा बंगुरलाई औषधि खुवाइएको शाखा प्रमुख पदमलाल राईले बताए । कार्यक्रमको सञ्चालन वडा सदस्य देवकुमार राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here