सांसदले भने -‘कुर्सी भाँचिएर चार पटक लडेँ, ज्यान जोगाइ पाउँ’

0
838

काठमाण्डौ,

सडकमा धुलो धुवाँ छ, रोजगारीको लागि युवा विदेश जानुपरेको छ । महँगी बढेको छ, अखाद्य वस्तुको बिक्री वितरण भैरहेको छ । नागरिक  यस्ता समस्याबाट पीडित छन् ।

नागरिकका एकथरी दुःख छन् । सांसदका पनि उस्तै दुःख रहेछन् । आइतबारको प्रतितिधिसभाको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले यस्तै गुनासो गर्नुभयो । उहाँले भाँचिएका कुर्सी फेरिदिएर आफ्नो ज्यान जोगाइदिन पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

भाँचिएको कुर्सी सभामुखतर्फ देखाउँदै सांसद अधिकारीले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, म कुर्सीबाट लडेको चार पटक भैसक्यो, अहिलेसम्म धन्न दुर्घटना भएको छैन, बाँचिएको छ धन्न, यो कतिपटक भन्नुपर्ने हो, आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्, यो त धराप नै भयो, सभामुख महोदय ज्यान जोगाइ पाउँ ।’-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here