मोरङ,
रंगेली नगरपालिका–९ धन्जुवामा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।
स्थानीय ५० वर्षीय देवलाल यादवको बिहान ८ बजे भैसी बाँध्ने किला ठोकिरहेको बेलामा चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।