फिदिम बजारमा आगलागी दुईवटा घर जलेर नष्ट

0
488

पाँचथर,

पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।

आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ।

फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ।

आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ। आगलागीको कारण र क्षतिबारे खुल्‍न बाँकी रहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here