झापासहित पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

0
650

झापा ।

पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्ला प्रभावित भएका छन् ।

पानीट्याङ्की नाकाबाट नेपाल आयल निगमले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री लागू गर्ने नाममा पानी ट्याङ्की नाकामा रोकेपछि झापा, इलाम,पाँचथर र ताप्लेजुङमा एक सातादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।

इन्धन जस्तो संवेदनशील वस्तुको हाहाकार भएपछि सर्वसाधारणमा परेको समस्यालाई तत्काल हटाउन नेपाल आयल निगमको चारआली शाखा कार्यालयले विराटनगरस्थित निगमको प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ ल्याउन निगमका बिक्रेता एवं व्यवसायीलाई आग्रह गरेको जनाइएकाे छ ।

शाखाका प्रमुख सनम कार्कीले बुधबार विज्ञप्ति नै जारी गरेर नियमित आपूर्ति चाँडै गराउन निगम प्रयत्नशील रहेको जानकारी गराउँदै ताप्लेजुङ, पाँचथर, इलाम र झापास्थित निगमका बिक्रेतालाई आवश्यक पेट्रोलियम पदार्थ निगमको प्रदेश नम्बर १ को प्रादेशिक कार्यालय विराटनगरबाट उपलब्ध गराइने उल्लेख गर्नुभएको छ ।

पेट्रोलियम व्यवसायीलाई उहाँले चाहिएजति इन्धनको मूल्य भुक्तानीको बैंक भौचर शाखा कार्यालयमा बुझाएपछि मागबमोजिमको पेट्रोलियम पदार्थ उपलब्ध गराइने उल्लेख गर्नुभएको छ ।

साविक मेची अञ्चलका चार जिल्लामा दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ ।भारतबाट तेल नआएपछि यी जिल्लाका पेट्राेल पम्प स्वतः बन्द भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here