एउटी महिलाका लागि जब दुई दाजुभाई परे प्रेममा, दाजुले लिए यस्तो बाटो

0
595

विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । नेपालको छिमेकी भारतमा त झन भनिरहन आवश्यक छैन ।

यस्तै, एउटै युवतीसँग साख्खै दाजुभाइ प्रेममा परेपछि सुरु भएको प्रेमकथाको निकै दर्दनाक अन्त्य भएको छ । भाइका लागि दाजुले आफ्नो जीवनकै बलिदानी दिएका छन् । आफ्नो प्रेम सम्बन्ध भएकी युवतीलाई आफ्ना भाइले पनि एकतर्फी प्रेम गर्न थालेपनि ती दाजुले आत्महत्या गरेका हुन् ।

आफ्नो भाइ नै दाजुको दुश्मन बनेपछि दाजुको जीवनको दुखद् अन्त्य भएको यो घटना भारतको कानपुरमा भएको हो । यहाँ रेलवे ट्रयाकमा एक युवकको लाश टुक्रा टुक्रा परेको हालतमा थियो । अगाडिबाट अर्को ट्रेन आउँदै थियो । ती मृतकका भाइले दाजुको लाशलाई ट्रेनमुनि पर्न नदिन हतारहतार बाहिर तान्दै थिए । यो मार्मिक दृश्य देखेर त्यहाँ भएका मानिसहरुको आँखामा आँसु आयो ।

पछि बुझ्दै जाँदा मृत्युको कारण एक युवती थिइन् । यहाँ प्रभा शर्मा आफ्ना ४ छोरा र २ छोरीसँग बस्थिन् । उनीहरुमध्येका साइँला २० वर्षका अनुप र कान्छा १८ वर्षका मयंक निकै नजिक थिए ।

उनीहरुको सम्बन्ध नजिकको साथीजस्तै थियो । दुवै धेरैजसो सँगै रहन्थे र सँगै जागिर पनि गर्दथे । यी दुवै दाजुभाइ एउटै युवतीलाई मन पराउँथे । ती युवतीसँग दाजु अनुपले फोनमा कुराकानी पनि गर्दथे ।

यो जान्दाजान्दै पनि भाइ मयंकले उही युवतीलाई एकतर्फी प्रेम गर्न थाले । यही कारण दुई दाजुभाइमा अक्सर झगडा परिरहन्थ्यो । तर, एकाएक दाजु अनुपले भाइको बाटो खोलिदिने निर्णय गरेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here