कामना सेवा विकास बैंकको ८९ औं शाखा बुधबारेमा

0
1259

बुधबारे ।

कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आप्mनो ८९औं शाखा विस्तार गरेको छ ।

बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईं, बुधबारे शाखा प्रमुख सुर्भन श्रेष्ठ लगायतको उपस्थितिमा शाखाको कारोबार शुभारम्भ गरिएको हो ।

उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक सुवेदीले सहभागीलाई स्वागत गर्दै यसबैंक मार्फत कारोवार गर्न सबैलाई अनुरोध गरे । बैंकका सिइओ प्रविन बस्नेतले बैंकले प्रदान गर्ने सेवा र सेवाग्राहीलाई प्रदान गरिने सेवा सुविधाका बारे सहभागिलाई जानकारी गराए । प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राईले कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्द्धनलाई अझ तीव्रताका साथ अघि बढाउन पूर्वमा शाखा विस्तार गर्दे लगेको बताए ।

उनले कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए । त्यस्तै अतिथि झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईले बुधबारेमा थप अर्को बैंक आउनु खुसीको कुरा भएको बताए । उनले सबै वर्गलाई सुविधा पुग्नेगरी कारोवार गर्न बैंकलाई अनुरोध पनि गरे ।

बैंकले जुनसुकै शाखामा रकम जम्मा गर्न र झिक्न सकिने, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।

बिहिवारकै दिन झापाको पाडाजुँगीमा समेत शाखा खोलिएको जनाइएको छ । बंैकले झापाको अन्य ठाउँमा समेत चाँडै नै शाखा स्थापना गर्ने बैंकका सीईओ प्रविन बस्नेतले बताए । कार्यक्रमको सञ्चालन युवराज राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here