सुरजको ‘जिस्काम्छे मुइयाले’ सार्वजनिक

0
564

काठमाडौं,

गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएसँगै यसले राम्रो प्रतिक्रिया पाइरहेको छ।

दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ। चैतमासको हावाहुरी साउनको पानी पहिला पहिला रिसाइहाल्थी हाम्ले बोलाम्दानी लगायतका शब्दावालीमा गीत निकै नै रोमान्टिक बनेको छ।

प्रेमी प्रेमीको माया प्रेम र रोमान्सलाई मुख्य विषय बनाइएको गीतमा प्रेमीकाले मुखले नबोलाई आँखाले बोलाउने कुरा गर्दा कलाकारहरू गज्जबसँग खुलेको देख्न सकिन्छ।

द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ भने भिडियोमा निर्देशन सरोज अधिकारीले गरेका हुन्।

https://www.youtube.com/watch?v=PoDKnadr-r0

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here