विकृति विसंगति रोक्न एकजुट हुनुपर्नेमा जोड

0
842

भद्रपुर।

झापाको भद्रपुरमा आयोजित कार्यक्रमका सहभागी वक्ताले युवामा देखिएको विकृती र विसंगति रोकथाम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

भद्रपुर जेसीजको आयोजना तथा भद्रपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा सहभागी युवावर्गहरुलाई नैतिक शिक्षा, धर्म संस्कृति र संस्कार तथा लागूऔषध दुव्यर्सन सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

नगरको १ देखि १० वटा वडासम्मका ७० जनाभन्दा बढी युवाको सहभागिता रहेको सो कार्यक्रममा नैतिक शिक्षा, धर्म, संस्कृति र संस्कारका विषयमा प्रशिक्षक राजन न्यौपानेले सहजीकरण गरेका थिए । त्यस्तै लागूऔषध दुव्र्यसनका बारेमा वडा प्रहरी कार्यालय भद्रपुर प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।

भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर– ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा (मनोज), नगर कार्यपालिका सदस्य मित्रा भट्टराई, भद्रपुर जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेलले सञ्चालन गरेको कार्यक्रम संयोजक मनोज भट्टराईले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here