नगरपालिका उपपप्रमुखसहित वडाध्यक्षद्वारा नगरसभा स्थगित गर्न माग

0
513

लहान,

आफुहरुसँग कुनै सल्लाह नै नगरी गुपचुप रुपमा नगरसभा गर्न खोजिएको भन्दै सिरहाको सुखीपुर नगरपालिका उपपप्रमुखसहित पाँच वडाध्यक्षले नगरसभा स्थगनको माग गर्नुभएको छ ।

नगरप्रमुख रामऔतार यादवले सरसल्लाह नगरी आगामी आर्थिक वर्ष २०७६÷०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साहसहित वडाध्यक्ष हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजयकर्ण दास र रामलखन महतोले प्रेस विज्ञप्ति जारी गरी नगरसभा स्थगित गर्न माग गर्नुभएको छ ।

उपप्रमुख साहले आव ०७४÷०७५ र ०७५÷०७६ को हरहिसाब पटक पटक सार्वजनिक गर्न आग्रह गर्दासमेत नगरप्रमुख यादवले हालसम्म यसतर्फ गम्भीर नभएको गुनासो गर्नुभयो । सुखीपुर नगरपालिकामा कूल १० वडा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here