जेसीज पूर्व अध्यक्ष समाजको साधारणसभा शनिवार बुधवारेमा

0
1290

बिर्तामोड ।

झापामा क्रियाशील १४ वटा जेसीज शाखाहरुका पूर्व अध्यक्षहरु संगठित भइ जेसीज अभियानमा थप साथ र सहयोग गर्दै आएको जेसीज पूर्व अध्यक्ष समाजको चौथो बार्षिक साधारण सभा शनिवार हुनेभएको छ ।

बुधवारे जेसीजको आयोजनामा हुने साधारणसभाको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ ।
लामो समय जेसीज जीवनमा लागेर अध्यक्ष भइसकेपछि पनि यो अभियानमा सँगसँगै रहने र जेसीजहरुलाई असहज परेको अवस्थामा सहयोग गर्ने उदेश्यका साथ धुलावारी जेसीजका पूर्व अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा देशमै पहिलो पटक जेसीज पूर्व अध्यक्ष समाजको स्थापना भएको थियो । यसको सदस्यता बन्नका लागि शाखाको अध्यक्ष बनेर पूर्व अध्यक्ष भएको हुनु पर्नेछ । यस समाजको अवधी दुई वर्षको रहनेछ ।

हाल विर्ता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष विनोद बस्नेतको नेतृत्वमा सञ्चालन भइरहेको छ । साधारणसभाको अवसर पारेर शाखाले जिल्लामा रहेको विभिन्न शाखाहरु मध्ये उत्कृष्ट शाखालाई सम्मान तथा विभिन्न व्यक्तिहरुको सम्मानको कार्यक्रम तय गरिएको छ ।

साधारणसभा समापनका लागि बुधवारे जेसीजका २०१८ का अध्यक्ष प्रकाश भण्डारीलाई साधाराणसभा निर्देशकका रुपमा चयन गरिएको छ । साधारणसभाको सबै तयारी पुरा भएको आतिथ्यता शाखा बुधवारे जेसीजका निवर्तमान अध्यक्ष तथा साधाराणसभा निर्देशक प्रकाश भण्डारीले बताउनुभयो ।

शनिवार दुई बजेबाट बुधवारेका पि आर पार्टी प्यालेसमा सम्पन्न हुनेछ । कार्यक्रममा विभिन्न शाखाका पूर्व अध्यक्ष तथा शाखाका वर्तमान पदाधिकारीहरुको सहभागिता रहने उपाध्यक्ष रमेश पोखरेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here