युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ

0
652

काठमाण्डौ,

काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाण्डौ भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् । युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here