लडेर सोलुखुम्बुमा एकको मृत्यु

0
577

सोलुखुम्बु।

पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–३ मा लडेर एक जनाको मृत्यु भएको छ ।

खुम्बुपासाङल्हामु गाउँपालिका–५ बस्ने ४५ बर्षीय वाङ राप्के शेर्पा सानोगुमेला गुम्बावाट घर फर्कने क्रममा अचानक बाटोबाट लडी करिव २०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here