लहान,
ग्राभेल सडक निर्माणका लागि आवश्यक सामग्री खानीबाट उत्खनन गरिरहेको अवस्थामा आज बिहान सिरहाको धनगढीमाई नगरपालिकाले दुई टिपर नियन्त्रणमा लिएको छ ।
असार १ गतेदेखि नै खानी बन्द भइसके पनि नगरक्षेत्रको विभिन्न स्थानबाट अवैधरूपमा उत्खनन गरेको आरोपमा ना ३ ख ३६११ र ना ३ ख ८७७५ नं को टिपर नगरपालिकाले नियन्त्रणमा लिएको हो ।
दुवै टिपरका चालक फरार भएका छन् । पक्राउ परेका टिपर तथा धनीलाई ऐन नियमावली अनुसार कारवाही गरिने नगर प्रमुख हरिनारायण चौधरीले जानकारी दिनुभयो ।































