ट्रक चालकले भद्रपुरमा ट्राफिक प्रहरीलाई घुस दिएपछि…

0
610

झापा।

भद्रपुरमा ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिएको आरोपमा झापामा एक ट्रक चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ०५ बस्ने ३१ वर्षीय उमाकान्त राजवंशी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

ना २ ख ८३६० नम्बरको ट्रकका चालकसहित आफै धनी समेत रहेका राजवंशीले सोमबार बिहान भद्रपुरस्थित प्रहरी कार्यालय झापा अगाडि सवारीसाधन चेकजाँचको क्रममा ट्राफिक प्रहरीलाई खाजा खान भनी पाँच सय रुपैयाँ घुस दिएका थिए ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट चन्द्रगढीमा कार्यरत प्रहरी जवान राजु राजवंशीलाई घुस दिन खोजेपछि ड्यिुटीमा खटिएका प्रहरी टोलीले चालक राजवंशीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । बिर्तामोडबाट भद्रपुरतर्फ गइरहेको ना २ ख ८३६० नम्बरको ट्रक चालक राजवंशीले ट्राफिक प्रहरीले रोक्न भन्दा पनि नरोकेपछि प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।

पक्राउ ट्रकका चालक राजवंशीको सम्पूर्ण कागजात पूरा भए पनि उनले ट्राफिक घुस दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चालकले खाजा खानकै लागि किन ट्राफिक प्रहरीलाई घुस दिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाई छ । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here