नेकपा प्रवेश गर्दै प्रदेश सांसद दीपक मनाङे

0
468

पोखरा,

मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका राजीव गुरुङ (दिपक मनाङे) नेकपा प्रवेश गर्ने भएका छन्।

नेकपाकै समर्थनमा स्वतन्त्र सांसद निर्वाचित गुरुङ बिहीबार नेकपा प्रवेश गर्ने तयारी गरेको उनका निजी सचिव जगदिशनाथ योगीले जानकारी दिए। ‘स्वतन्त्र सांसद भएरभन्दा पनि संगठनमा रहेर पार्टी र जनताको काम गर्न इच्छा भएकोले पार्टी प्रवेश गर्न लाग्नुभएको हो,’ योगीले भने।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउनेछन्। सांसद गुरुङ अहिले संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रो मा बस्दै आएका छन्।

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए।

सांसद मनाङे २७ हजार ३७५ रूपैयाँ धरौटीमा थुनामुक्त भएका थिए। ज्यान मार्ने उद्योगमा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरेका थिए। मनाङबाट निर्वाचित राजीव गुरुङ गत माघ १४ गते साँझ शपथ लिएका थिए।

निर्वाचित भएको झण्डै नौ महिनापछि मनाङेलाई गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले ईश्वरको नाममा शपथ खुवाएका थिए।

शपथपछि मनाङेले आफ्नो क्षेत्रमा शिक्षा र विद्युतको समस्या रहेको र त्यसतर्फ आफ्नो ध्यान हुने र तत्काललाई समर्थन सरकार पक्षलाई नै हुने बताएका थिए। राजीव गुरुङ १३ सदयस्यीय समिति रहने अर्थ तथा विकास समितिको सदस्यसमेत हुन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here