जुवाको खालमा प्रहरीको छापा, पाँच जना पक्राउ

१८ असार २०७६, बुधबार मा प्रकाशित

झापा ।

सुनसरीको दुहवी नगरपालिका १२ बाट जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

स्थानीय गङ्गा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप महानगरपालिका १५ का ४४ वर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेश कुमार तामाङ, ग्रामथान गाउँपालिका ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उरावलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा, गलैँचा १ थान, कालो कपडा थान र नगद २ लाख ८५ हजार १ सय १४ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here