अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

१८ असार २०७६, बुधबार मा प्रकाशित

अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको कोपा अमेरिका जित्ने अर्को एउटा अभियान विफल भयो ।

यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा अर्जेन्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

बेलो होरिजोन्टेमा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हरायो । ब्राजिलको जितमा फिरमिनो र जेससले एक एक गोल गरे ।

खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गरे । ७१औं मिनेटमा फिरमिनोले जेससको पासमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि अर्जेन्टिना पराजित भयो ।

फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here