पंकज नगरपालिकाको सर्वोत्कृष्ट विद्यार्थी भएको रुपरुत्न मेमोरियलको दाबी

0
629

अर्जुनधारा।

गत वर्षको एसईई परीक्षामा उत्र्तीण हुन सफल भएका विद्यार्थीहरुमध्ये नगरपालिकाको सर्वोत्कृष्ट विद्यार्थी अर्जुनधारा–७ स्थित रुपरुत्न मेमोरियल बोर्डीङ स्कूलले दावी गरेको छ ।

स्कूलका डाइरेक्टर प्रभुकुमार श्रेष्ठका अनुसार ३.८५ जीपीए ल्याई ए प्लस ग्रेडमा उत्र्तीर्ण हुन सफल सोही नगरपालिका वडा नम्बर ८ निवासी पंकज मिश्र सर्वोत्कृष्ट विद्यार्थी भएको दावी गरिएको हो ।

स्कूलबाट एसईई परीक्षामा सहभागी भएका ४० जना विद्यार्थीमध्ये ५ जना ए प्लस, ७ जना ए, २० जना बी प्लस र ८ जना बी ग्रेडमा उत्र्तीण भएको स्कूलका प्रिन्सीपल गणेश ओलीले जानकारी दिए ।

शतप्रतिशत नतिजा ल्याई विद्यार्थीहरु उत्र्तीण हुन सफल भएको सन्दर्भमा विद्यालयले एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई बधाई कार्यक्रममार्फत् सम्मानित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here