मोरङ ।
मोरङको सुन्दर हरैचा नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
बिहीबार राती १ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा एम्बुलेन्स चालक इलाम नगरपालिका २ का २१ वर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाइते भई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको प्रहरीले जनाएको छ । ट्रकका चालक फरार रहेकोले खोजतलास भइरहेको छ, भने दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा लिएको जनाएको छ ।






























