सहारा नेपालको रजत जयन्ती

0
531

बिर्तामोड।

झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालले रजत जयन्ती विविध कार्यक्रमकाबीच मनाउने भएको छ ।
सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता तथा ह्याविट्याट फर ह्यूमानिटि नेपालकी राष्ट्रिय निर्देशक कृष्टी स्टिकनीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ह्याविटाट फर ह्यूमानिटि नेपालकी राष्ट्रिय निर्देशक कृष्टी स्टिकनीले सहारा नेपालले दर्शाएको आतिथ्यप्रति आभारी रहेको बताउँदै सहारा एक भरपर्दो साझेदार संस्था रहेको बताइन् ।

उनले सहारा नेपालसंगको सहकार्य अझ प्रगाढ रहि सुरक्षित आवास तथा जोखिम न्यूनीकरणमा उल्लेख्य उपल्ब्धी हासिल गर्नका लागि सहकार्य जारी रहने बताइन् । ह्याविट्याट लिगेसी बिल्ड सबैलाई सुरक्षित आवास उपलब्ध गराउने साझा उद्देश्यप्रति योगदान गर्न बिश्वभर रहेका ह्याविटाट फर ह्युमानिटीको साझा थलो रहेको उनले बताइन् ।

कार्यक्रममा सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीले रजत जयन्तीको उत्साहलाई सहारा नेपालको भावि यात्राको रुपमा बुझ्नु जरुरी रहेको बताए । सहारा नेपालले जनस्वास्थ्य तथा सरसफाई, बित्तिय पहँुच, बिपद् जोखिम न्यूनीकरण, खानेपानी, ऊर्जा, सुरक्षित आवास जस्ता सान्दर्भिक महत्वपूर्ण र सघन बिषयगत क्षेत्रमा गरीव, निमुखा, बिपन्न, सीमान्तकृत, महिलालाई मध्यनजर गर्दै आफ्ना सेवाहरु प्रवाह गर्दै आइरहेको कार्यक्रममा जानकारी दिइयो ।

बिगत १५ बर्षदेखि सहारा नेपालले ह्याविटाट फर ह्यूमानिटीसँग सहकार्य गर्दै आएको सहारा नेपालले भौगोलिक रुपमा ३६ जिल्लामा आफ्नो सेवा बिस्तार गरी ६० भन्दा बढी परियोजनाहरु सम्पन्न गरेको र लाभान्वितत समुदायको अपेक्षित जीवन स्तर सुधार्न केन्द्रित रही काम गर्ने शिलसिलामा बिभिन्न बिकास साझेदारहरुसँग सहकार्य गर्दै आईरहेको बताइएको छ ।

पछिल्लो समयमा विपन्न वर्गलार्ई आवास योजनामा काम गरिरहेको सहारा नेपालले बिभिन्न मुलुकबाट आएका बिदेशी सहयोगी संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख र प्रशासनिक क्षेत्रका ब्यक्तित्व सम्मिलित कार्यक्रममा यस्तो अवधारणा राख्दै आगामी दिनमा संस्थालाई सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, सचिब महेन्द्रकुमार गिरी लगायतले संस्थाले लिएको नीतिका बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रममा बिशेषगरि सहयोगी संस्था ह्याबीट्याट फर ह्युमानिटीका तर्फबाट आएका २० भन्दा बढी बिदेशी पाहुनाहरु र नगरपालिका र गाउँ पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी किशोर कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here