रामजानकीको ११औं सभा

२८ कार्तिक २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड।

रामजानकी कृषि सहकारी संस्था बिर्तामोडको ११आंै बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी कर्मचारी तारा उप्रेतीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत, सुनकोशी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमल पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दलबहादुर कार्कीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुँजी एक करोड ३९ हजार ५ सय, कूल आम्दानी २ करोड १० लाख ७० हजार ९ सय ९२ रुपैयाँ, खर्च १ करोड ९८ लाख ३५ हजार ९ सय ५६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले ७ करोड ५२ लाख ३२ हजार ५ सय ५९ रुपैयाँ बचत तथा निक्षेप संकलन गरेको छ भने ९ करोड ८५ लाख एक हजार ५ सय ५० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सोही अवधिमा संस्थाले १२ लाख ३५ हजार ३६ रुपैयाँ नाफा समेत गरेको छ । कार्यक्रममा संस्थाले ज्येष्ठ नागरिकतर्फ रत्नमाया दाहाल र भीमप्रसाद वराल, अपाङ्गतातर्फ चन्द्रकला लिम्बू र गीता गणेश, उत्कृष्ट बचतकर्तातर्फ पर्शुराम बिराजी यादव र रिता गुरङ, उत्कृष्ट ऋणितर्फ दुर्गामाया प्रसाई र बिमलादेवी निरौलालाई नगदसहित सम्मान गरेको छ ।
त्यस्तै छात्रवृत्तितर्फ सुस्मिता यादव र खुशी राजवंशी, कर्मचारीतर्फ लक्ष्मी राई, देवीप्रसाद तिम्सिना, सोमनाथ बास्तोला र नवीना खातुनलाई नगदसहित सम्मान गरेको थियो ।

सोही कार्यक्रममा बिर्तामोडको तारा नमस्ते बालआश्रमका १३ जना वालवालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो भने संस्थाले उत्कृष्ट सहकारीकर्मीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष कमलबहादुर बस्नेतलाई सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शुत्रराज भण्डारीले बार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रतिवेदन र लेखा समितिका संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here