सरकारी गाडीमा अवैध कपडा, वडाअध्यक्ष पक्राउ

0
843

विराटनगर,

सरकारी गाडीमा अवैध तरिकाले कपडा ओसारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले पक्राउ गरेका छन्।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजारबढी मूल्यका सामानसहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो। सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले बिहीबार चेकजाँच गर्ने क्रममा फेला पारेका हुन्। ‘जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी नियन्त्रणमा लिएका छन् ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले भने। वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही कपडा लैजान लागेको स्वीकार गरेका छन्। ‘छोरीको विवाह हुँदैछ।

त्यसको लागि किनमेल गरेर फर्किने क्रममा कर्मचारीले नियन्त्रणमा लिए’ उनले भने। गाडीमा साडी ५ थान, बेहुलाको सुटको कपडा, सिरक तथा खाद्यान्नका सामग्री आफूले किनेको वडाध्यक्ष यादवको भनाइ छ।

एकहप्ता अगाडि पनि सरकारी नम्बर प्लेटको मोटरसाइकल र एकजनाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । डिभिजन वन कार्यालय उदयपुरको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध ओसारपसार गर्ने सप्तरी राजविराज २ राजदेव टोलका २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको थियो।

कपिल डिभिजन वन कार्यालय उदयपुरको डिभिजन वन कार्यालयका अधिकृत सत्यनारायण यादवका छोरा हुन्।-पूर्वेली न्यूजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here