२०७७ जेठ २८ गते बुधबारको राशिफल

0
470

मेष– चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ । दिगो काममा जग बसाउने मौका छ ।

वृष– अप्ठ्यारा परिस्थिति देखिए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ । दिउँसोदेखि अध्यात्म र परोपकारमा मन जानेछ ।

मिथुन– आत्मविश्वास र लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ ।

कर्कट– काममा चुनौती देखिए पनि व्यापार–व्यवसायमा लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंह– व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । दिउँसोदेखि सानातिना समस्यामा अलमलिनुपर्ने हुन सक्छ ।

कन्या– स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूर्ण नहुन सक्छ । तापनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ ।

तुला– केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ ।

वृश्चिक– वादविवादबाट सजग रहनुहोला । दिउँसोदेखि कामको चापबाट फुर्सद पाइनेछ । कमजोर नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपर्ला ।

धनु– यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।

मकर– पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेत गर्दा चुनौती पन्छाउन सफल भइनेछ ।

कुम्भ– दिउँसोदेखि परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ ।

मीन– प्रतिस्पर्धीले आफ्नो ठाउँ लिने चेष्टा गर्नेछन् । तापनि भौतिक साधन जुटाउन सकिनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here