२०७७ जेठ २९ गते बिहीबारको राशिफल

0
679

मेष– शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ ।

वृष– अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ ।

मिथुन– दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ ।

कर्कट– सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् ।

सिंह– पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्तहरू टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

कन्या– अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

तुला– अवसर प्राप्त भए पनि ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ । बोलीको प्रभावले वादविवाद निम्त्याउने देखिएकाले सजग रहनुपर्ला ।

वृश्चिक– दिउँसोदेखि आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ ।

धनु– परिस्थितिवश आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन् । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

मकर– आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ ।

कुम्भ– प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ ।

मीन– पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ । मिहिनेतले सम्मानित स्थान पनि दिलाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here