२०७७ असार १ गते सोमबारको राशिफल

0
592

मेष– पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसर प्राप्त हुनेछन् ।

वृष– मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला ।

मिथुन– विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कर्कट– बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् ।

सिंह– परिस्थिति त्यति अनुकूल नरहला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ ।

कन्या– गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । तर, नयाँ काम गर्न समय पर्खनुहोला । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

तुला– परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ ।

वृश्चिक– सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ ।

धनु– मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । साथीभाई सँग रमाईलो घुमफीर हुनेछ ।

मकर– काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । काममा निरन्तरता दिदाँ राम्रो होला ।

कुम्भ– सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ ।

मीन– सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here