२०७७ असार ३ गते बुधबारको राशिफल

0
490

मेष– मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

वृष– भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

मिथुन– नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

कर्कट– भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ गर्ने अवसर मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ ।

सिंह– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम होला ।

कन्या– लोकप्रियता हासिल गर्न सकिनेछ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।

तुला–समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

वृश्चिक– समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु– नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै फाइदाको संवाहक बन्न सक्छ ।

मकर– घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कुम्भ– काममा साथीभाइबाट सहयोग मिल्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ ।

मीन– व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here