२०७७ असार ५ गते शुक्रबारको राशिफल

0
628

मेष : विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ।

वृष : दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ ।

मिथुन : नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट भने अलि सजग रहनुपर्ला ।

कर्कट :  परिस्थितिवश चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् ।

सिंह : अस्वस्थताले काममा जुट्न नसकिएला । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ ।

कन्या : अरूका लागि बुद्धि खर्चनुपर्ला । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । गोपनीयतामा ध्यान दिनुहोला ।

तुला : व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।

वृश्चिक : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् ।

धनु :  चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

मकर :  अभिभावकको सहयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ ।

कुम्भ : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । काम बन्नुका साथै धनलाभ हुनेछ ।

मीन :  बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here